• ट्रेण्डिङ :

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

cnewsnepal

बिहिबार, जेष्ठ १ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


प्रधानमन्त्री ओली – सम्बोधन काठमाडौँ, १० फागुनः प्रधानमन्त्री केपी शर्मा ओली शनिबार राष्ट्रिय सभागृहमा पाणिनि बुक्सद्वारा आयोजित राधिका शाक्यद्वारा रचित आत्मकथा कृति ‘करुणा’ लोकार्पण समारोहलाई सम्बोधन गर्नुहुँदै। तस्बिरः चन्द्रकला क्षेत्री÷रासस

१ जेठ,काठमाडौँ । आगामी जेठ ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले उक्त जानकारी गराएका हुन्।

प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने उल्लेख छ।

समूह दशमा रहेका सांसदहरूले जेठ २ गते दिउँसो २ बजेभित्र प्रतिनिधि सभाका सचिवसमक्ष प्रश्न बुझाउन समेत सभामुख घिमिरेले आग्रह गरे।

प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित विषयमा सांसदहरूले प्रश्न सोध्न सक्नेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार