• ट्रेण्डिङ :

डा विष्णुमाया जर्सी सिटी शहरको रोजगारी र तालिम समितिको सदस्यमा नियुक्त

डा विष्णुमाया जर्सी सिटी शहरको रोजगारी र तालिम समितिको सदस्यमा नियुक्त

cnewsnepal

मंगलबार, साउन १९ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


१९ साउन  काठमाडौँ । सामाजिक अभियान्ता डा विष्णुमाया परियार अमेरिकास्थित न्यू जर्सी राज्यको जर्सी सिटी शहरको रोजगारी र तालिम समितिको सदस्यमा नियुक्त भएकी छन् ।
जर्सी सिटी शहरको नगर प्रमुख स्टिभन फुलपको डाईभर्सिटी र ईन्क्लुसिव बोर्ड (विविधता तथा समावेशी संचालक समिति ) को पूर्व सल्लाहकार डा. परियार सन् २०२४ सम्मका लागि समितिको सदस्यमा नियुक्त भएकी हुन् ।
नेपालिजम डटकमका प्रधान सम्पादक प्रदीप परियार थापाले जानकारी दिए। जर्सी सिटी शहरको सिस्टर सिटीको लागि ईमिसरी (विशेषदूत) रहेकी डा. परियारको पहलमा सन् २०१९ मा जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिका बिचबीच भगिनी सम्बन्ध (सिस्टर सिटी )कायम गरिएको छ भने सन् २०१७ मा उनकै नेतृत्वमा जर्सी सिटीको सिटी भवनमा नेपालको झण्डा फहराईएको थियो ।
नेपाली सामाजिक अभियन्ता एवं जर्सी सिटी मेयर फुलपकि सल्लाहकार डा. परियारले झण्डोत्तोलनको लागि पहल गर्नुभएको थियो । डा. परियार एनआरएनए आईसिसीको वर्तमान निर्वाचन आयुक्त, ग्लोवल गोर्खा समाजको संरक्षक र एड्वान संस्थाकि संस्थापक अध्यक्ष पनि हुन् । ‘यसअघि, जर्सी सिटी शहरद्वारा सन् २०१५ र २०१८ मा परिषद सभापति रोलाण्डो लाभारोको सवल नेतृत्व र डा. परियारको तत्परतामा अमेरिकामा रहेका नेपालीको लागि टिपिएस (अस्थायी सुरक्षित दर्जा) परिषद् प्रस्ताव पारित गरिएको थियो’–प्रधान सम्पादक थापाले भने ।
अस्थायी सुरक्षित दर्जा (टिपीएस) प्रस्ताव पारित गर्ने जर्सी सिटी (शहर ) एक मात्र अमेरिकी शहर हो । त्यसैगरी, नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी मेयर स्टेभन फुलपद्वारा सन् २०१७ को जुन ३० तारिख अमेरिकी भूमिमा नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन समारोहसम्पन्न भएको उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार