• ट्रेण्डिङ :

दलित समुदायको माग बेवास्ता भएको भन्दै सांसद राजेश विश्वकर्माद्वारा सरकारको भर्त्सना

दलित समुदायको माग बेवास्ता भएको भन्दै सांसद राजेश विश्वकर्माद्वारा सरकारको भर्त्सना

cnewsnepal

आइतबार, बैशाख २८ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२८ बैशाख,काठमाडौं । जातीय समता समाज (Society for Social Equality) का अध्यक्ष तथा राष्ट्रिय सभा सांसद राजेश विश्वकर्माले राष्ट्रपतिद्वारा संयुक्त सदनमा प्रस्तुत नीति तथा कार्यक्रममा दलित समुदायप्रति कुनै ठोस नीति र कार्यक्रम समेटिएन भन्ने गम्भीर आपत्ति जनाएका छन्।

सांसद विश्वकर्माले जारी गरेको प्रेस वक्तव्यमा सरकारको यस कदमलाई दलित समुदायप्रति उदासीनता भएको आरोप लगाइएको छ। वक्तव्यमा भनिएको छ, “बिगतमा सरकारद्वारा ल्याइएका नीति तथा कार्यक्रमहरूमा दलित समुदायका लागि केही न केही घोषणा हुने गर्दथ्यो, तर यसपटक त्यो परम्परा तोडिएको छ।”

जातीय समता समाजले आगामी बजेटमा दलित समुदायलाई लक्षित कार्यक्रम र बजेट सुनिश्चित गर्न सम्पूर्ण दलित संघ–संस्थाहरूलाई सरकारमाथि दवाब सिर्जना गर्न आह्वान गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार