९ बैशाख,काठमाडौं । सोमबार रुपन्देही जिल्ला लुम्बिनी साँस्कृतिक नगरपालिका- २ अर्दौली स्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका मध्ये २ बालकको शब निकालिएकाे छ ।
सशस्त्र प्रहरी वलको गोताखोरले मंगलबार बिहान २ जना बालककाे शव निकालेको सशस्त्र प्रहरी बल नेपालका सह-प्रबक्ता एवं प्रहरी नायब उपरिक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार स्थानिय बर्ष १२ को मुनु हरीजन र वर्ष १३ को उमेश यादवको शव बिहान नदीबाट निकालिएकाे हो ।
उनिहरुको खोजिको लागि गए राती नै सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण बांके बाट गोताखोर परिचालन गरिएको थियो । सुरक्षा वेश लुम्बनीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दिपक कोइरालाको कमाण्डमा खटिएको गोताखोर सहितको टोलीले मंगलबार बिहान बेपत्ता भएकै स्थान बाट २ बालकको शब फेला पारेको सह-प्रवक्ता थापाले बताए ।
बेपत्ता मध्ये १४ बर्षका राज यादबको शब भने सोमबार सांझ फेला परेको थियो ।