• ट्रेण्डिङ :

देउवाले लिए प्रधानमन्त्रीको सपथ

देउवाले लिए प्रधानमन्त्रीको सपथ

cnewsnepal

मंगलबार, असार २९ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई सपथ खुवाएकी छिन्।

मंगलबार बेलुका ८ बजेर २५ मिनेटमा भण्डारीले प्रधानमन्त्री देउवालाई शपथ खुवाएकी हुन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा भण्डारीले देउवालाई पद तथा गोपनीयताको सपथ खुवाएको राष्ट्रपति कार्यालयले जनाएको छ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेश जारी गरेको थियो।

राष्ट्रपति कार्यालयले मंगलबार दिउँसो विज्ञप्ति जारी गरी देउवालाई प्रधानमन्त्री नियुक्त गरेको जनाएको थियो।

 

संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीको नियुक्ति भए पनि राष्ट्रपति कार्यालयले सो कुरा उल्लेख नगरीकन प्रधानमन्त्री नियुक्ति गरेको पत्र जारी गरेको थियो।

उक्त भाषा परिमार्जन गर्नुपर्ने भन्दै साँझ ६ बजे राखिएको सपथग्रहणमा देउवा सहभागी भएका थिएनन्। भाषा सच्याइएपछि देउवाले सपथ लिएको राष्ट्रपति कार्यालय स्रोतले जनायो।

प्रतिक्रिया
सम्बन्धित समाचार