• ट्रेण्डिङ :

नेकपाको ७६ औँ वर्षगाँठ तथा १५६ लेलिन जन्मजयन्ती : विशेष कार्यक्रम गर्दै राजमाे

नेकपाको ७६ औँ वर्षगाँठ तथा १५६ लेलिन जन्मजयन्ती : विशेष कार्यक्रम गर्दै राजमाे

cnewsnepal

मंगलबार, बैशाख ९ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


९ बैशाख,काठमाडौँ । नेकपा (मसाल) ले एक सय छपन्नौँ (१५६) भ्लादिमिर इल्यिच उल्यानोभ लेनिन जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको सतहत्तरौँ (७७) स्थापना दिवस मनाउने भएको छ ।

आज वैशाख ९ गते तदनुसार अप्रिल २२, २०२५ का दिन मसालको केन्द्रीय कार्यालयको आयोजनामा काठमाडौँमा तथा देशैभरि सो कार्यक्रम सम्पन्न गर्न थालिएको हो ।

काठमाडौँमा राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय भवनको सभाकक्षमा दिउसो १ बजे सो कार्यक्रम आयोजना मसालको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

काठमाडौँबाहिर रुपन्देही, दाङ, कास्कीलगायत देशका विभिन्न स्थानमा लेनिनजयन्ती तथा नेकपाको पार्टीस्थापना दिवस मनाउने कार्यक्रम रहेको छ ।

लेनिनको जन्म अप्रिल २२, १८७० मा रुसमा भएको थियो । सोही दिन पारेर नेकपाको स्थापना भारतको कलकत्तामा २००६ साल वैशाखमा भएको थियो ।

नेपालका कम्युनिस्टले अप्रिल २२ लाई लेनिन जन्मजयन्ती तथा नेकपा स्थापना दिवसको रूपमा मनाउने गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार