• ट्रेण्डिङ :

नेकपा (मसाल) सहित १५ वाम दलद्वारा प्यालेस्टाइनीमाथिको इजरायली नरसंहारप्रति आपत्ति

नेकपा (मसाल) सहित १५ वाम दलद्वारा प्यालेस्टाइनीमाथिको इजरायली नरसंहारप्रति आपत्ति

cnewsnepal

शनिबार, कार्तिक ३ २०८१
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं । नेकपा (मसाल) सहित विभिन्न १५ वटा वामपन्थी दल तथा आन्दोलनले प्यालेस्टाइनीमाथि जारी इजरायली नरसंहार रोक्न माग गरेका छन् ।

बुधबार संयुक्त विज्ञप्ति प्रकाशित गरी नेकपा (मसाल), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका १५ वामपन्थी दलले इजरायली सरकारमाथि कडा कारबाही गर्न अन्तर्राष्ट्रिय समूदायसँग आह्वान समेत गरेका छन् ।

नेकपा ९मसाल० का महामन्त्री मोहनविक्रम सिंह, नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल लगायत नेताहरूद्वारा जारी संयुक्त विज्ञप्तिमा इजरायल सरकारले प्यलोस्टाइनी जनतामाथि अत्याचार गरेको आरोप लगाइएको छ ।

‘अमेरिकाको उक्साहट र पृष्ठपोषणमा इजरायलको यहुदीवादी सरकार भीषण दमन र राज्य आतङ्कको सहाराले योजनाबद्ध ढंगले प्यालेस्टिनी भूमि बलपूर्वक खोस्दै, खुम्च्याउँदै, प्यालेस्टिनी जनतालाई आफ्नै भूमिबाट बिस्थापित गराउँदै आफ्नो सीमा विस्तारको कार्यमा’ लागेको नेपाली वामपन्थी दलहरूको आरोप छ।

इजरायल अहिले हिजबोल्लाहले आक्रमण गरेको निहुँमा ऊ लेबनानमाथि समेत आक्रमण गर्न अघि सरेको र यो द्वन्द्वले अब इरानलगायत पुरै पश्चिम एसियालाई अँचेट्ने छाँट देखिएको विज्ञप्तिमा उल्लेख छ ।

द्वन्द्वका कारण प्यालेस्टाइनी भूमीबाट लाखौंको संख्यामा स्थानीय जनताहरू विस्थापित भएको स्पष्ट पार्दै विज्ञप्तिमा नेपाली समूदायलाई द्वन्द्वग्रस्त क्षेत्रमा नजान र गएकालाई तत्काल उद्धार गरी फर्काउन सरकारसँग आह्वान गरिएको छ ।

साथै, बेपत्ता पारिएका नेपाली विद्यार्थी विपिन जोशीको तत्काल उद्धार गरेर घर फर्काउन पनि उनीहरूले सरकारसँग माग गरेका छन् ।
यस्तो छ, विज्ञप्ति

 

प्रतिक्रिया
सम्बन्धित समाचार