• ट्रेण्डिङ :

नेकपा (माओवादी केन्द्र) प्यूठान बाट शिवप्रसाद पोख्रेलको नाम सिफारिस

नेकपा (माओवादी केन्द्र) प्यूठान बाट शिवप्रसाद पोख्रेलको नाम सिफारिस

cnewsnepal

बिहिबार, भाद्र २३ २०७९
पढ्न लाग्ने समय: < १ मिनेट


२३ भाद्र काठमाडौं । आगामी प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) प्यूठान बाट शिवप्रसाद पोख्रेलको नाम सिफारिस गरेको छ । भाद्र २१र२२गते बसेको जिल्ला समन्वय समितिको सचिवालय बैठकले लुम्बिनी प्रदेश प्युठान जिल्ला प्रदेश (ख) बाट पोख्रेलको नाम सिफारिस गरेको हो ।

आगामी मंसिर ४ गते देशैभर एकै चरणमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि प्रदेशसभा निर्वाचनको प्रत्यक्ष उम्मेदवारका लागि माओवादी केन्द्र उपत्यका विशेष प्रदेश कमिटीको पदाधिकारी बैठकले समेत प्यूठान जिल्ला प्रदेश (ख) बाट शिव पोख्रेलको नाम सिफारिस गरेको छ । युवा तथा मजदूर नेताको रुपमा चिनिने पोख्रेल पार्टी प्रदेश कमिटी सचिवालय सदस्य पनि हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार