• ट्रेण्डिङ :

नेकपा स्थायी कमिटी बैठकमा अध्यक्ष ओली पनि सहभागी हुने, शोक प्रस्ताव पारितपछि बैठक स्थगित हुने

नेकपा स्थायी कमिटी बैठकमा अध्यक्ष ओली पनि सहभागी हुने, शोक प्रस्ताव पारितपछि बैठक स्थगित हुने

cnewsnepal

आइतबार, मंसिर २८ २०७७
पढ्न लाग्ने समय: < २ मिनेट


गएको मंसिर २१ मा पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा शुरु भएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ ।  दिउँसो एक बजे बोलाइएको बैठकमा शोक प्रस्ताव पेश हुनेछ ।

नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची रहेको जनाइएको छ । पूर्व राजदूत एवम् पूर्व सांसद लामाको गएको मंसिर २४ गते राति कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

बैठकको अर्को मिति भने शोक प्रस्ताव पारित भएपछि तय हुनेछ । एक नेताका अनुसार, शोक प्रस्ताव पारित भएपछि बैठक नियमित कार्यसूची तर्फ नबढाउने प्रचलन छ ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच सचिवालय बैठकमा आरोप–प्रत्यारोप पत्रको दोहोरी नै चलेपछि पार्टी विवाद स्थायी कमिटीमा पुगेको छ ।

बैठकको उदघाटन गर्दै अध्यक्ष प्रचण्डले पार्टीभित्रको संकटबारे छलफल गर्नु नै स्थायी कमिटी बैठकको कार्यसूची रहेको जनाएका थिए ।

स्थायी कमिटी उदघाटनमा अनुपस्थित रहँदै दुई पन्ने पत्र लेखेका ओली आजको बैठकमा सहभागी हुने उहाँ निकट नेताहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार