• ट्रेण्डिङ :

नेपाललाई ४ पदक

नेपाललाई ४ पदक

cnewsnepal

आइतबार, असार २९ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


नेपाली कराते खेलाडीले अन्तर्राष्ट्रिय केआई खेलकुद महोत्सवमा २ स्वर्ण र २ कांस्य पदक जितेका छन् ।दक्षिण कोरियाको बुसानमा भएको प्रतियोगितामा अनु मोक्तान र विकास घर्तीले स्वर्ण जितेको निर्णायक महेश महर्जनले जनाएका छन् । आशिष धामी र जमानसिंह गुरुङले कांस्य जिते । जमान कोरियामै बस्दै आएका छन् । प्रतियोगितामा चित्र श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

सोयबलाई रजत
सोयबमान श्रेष्ठले युआईपीएम ग्लोबल लेजर रन सिटीमा रजत जितेका छन् । सिंगापुरमा जुलाइ १३ तारिखमा भएको प्रतियोगिताको यु–१७ उमेरसमूहमा रजत जितेको नेपाल मोर्डन पेन्टाथलन संघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार