• ट्रेण्डिङ :

पत्रकार विश्वकर्माप्रति दुर्व्यवहारको प्रगतिशीलद्वारा विरोध

पत्रकार विश्वकर्माप्रति दुर्व्यवहारको प्रगतिशीलद्वारा विरोध

cnewsnepal

मंगलबार, बैशाख ९ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


बुटवल । एपी वान टेलिभिजनमा कार्यरत पत्रकार राधेश्याम विश्वकर्मालाई रुपन्देहीको मर्चवारमा तस्करको समूहले आक्रमण गरेकोमा प्रगतिशील पत्रकार सङ्घ रुपन्देहीले विरोध गरेको छ ।

प्रगतिशील रुपन्देहीका सचिव टेकराज भुसालले २०८२ वैशाख ८ गते मङ्गलबार प्रेसवक्तव्य जारी गर्दै विरोध गरेको हो ।

सङ्घीय सरकारका कृषिमन्त्री रामनाथ अधिकारी सहभागी हुने कार्यक्रममा रिपोर्टिङ गर्न पुगेका विश्वकर्मालाई बन्धक बनाएर क्यामेरा, मिडिया हाउसको परिचयपत्र र मोटरसाइकिलको चाबीसमेत खोसिएकोमा प्रगतिशीलले यस्तो कार्यलाई प्रेस स्वतन्त्रताको हनन् बताएको छ ।

प्रहरीकै अगाडि तस्करको समूहले पत्रकार विश्वकर्माले खिचेका भिडियो डिलिट गर्न लगाउनुले प्रशासनको भूमिकामाथि नै प्रश्नचिह्न खडा भएको प्रगतिशीलले बताएको छ ।

प्रगतिशील रुपन्देहीले क्यामेरा टुटफुट भएको क्षतिपूर्ति दिन तथा प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न रुपन्देहको जिल्ला प्रशासनसित मागसमेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार