१६ भदाै,काठमाण्डाै । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचनद्र पौडल पक्षीय नेताहरुले १४ औं महाधिवेशन एकताको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् ।
बुधबार राजधानीमा भएको बरिष्ठ नेता पौडेल समूहको भेलामा १४ औं महाधिवेशन नेपाली काँग्रेसको एकताको महाधिवेशनु पर्ने विषयमा छलफल भएको काँग्रेस नेतृ सुजाता कोइरालाले जानकारी दिनुभयो । उहाँले पार्टीभित्र देखिएका समस्या समाधान गर्दै अगाडि बढ्नु पर्ने बताउदै पार्टी भित्रका हरेक नकारात्मक प्रवृतीलाई हटाउदै संस्कारगत राजनीति गर्नुपर्नेमा जोड दिए ।
क्रियाशील सदस्यका बारेमा भइरहेका विवादलाई समाधान गर्दै अडाडि बढ्नु पर्नेमा नेपाली काँग्रेसका नेता रामशरण महतले जोड दिए । उनले अहिले पनि क्रियाशील सदस्यको विवाद ठाउँ–ठाउँमा देखिएको भन्दै छिटो समाधान गर्नुपर्ने र एकताको सन्देश दिनुपर्ने बताउनुभयो । नेता महतले निर्वाचनमा साझा उम्मेदवार बनाएर जानुपर्ने विषयमा छलफल भएको जानकारी दिए ।
नेपाली काँग्रेसको एकताको सन्देश दिने पक्षमा रहेकाले विकृतिलाई हटाउदै सबै एक भएर जानु पर्ने महतको भनाई थियो । उनले पार्टीको नेतृत्व निर्विरोध हुनुपर्ने र नभए विचार मिल्नेहरु एक हुनुपर्ने आफ्नो मत रहेको जिकिर गरे ।
भिडियाे हेर्नका लागि