• ट्रेण्डिङ :

प्रचण्डले गरे मुस्ताङको पेरिस डाँडामा माओवादी केन्द्रको कार्यालय शिलान्यास

प्रचण्डले गरे मुस्ताङको पेरिस डाँडामा माओवादी केन्द्रको कार्यालय शिलान्यास

cnewsnepal

बिहिबार, जेष्ठ २९ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२९ जेठ, काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङकफ घरपझोङ गाउँपालिका—४ भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने पार्टी कार्यालय भवनको शिलान्यास गरेका हुन्।

अध्यक्ष प्रचण्डले  बौद्ध परम्पराअनुसार पार्टी शिलान्यास गरेका हुन्।

माओवादी केन्द्र जिल्ला समन्वय समितिका इञ्चार्ज धीरेन्द्र विकका अनुसार ६ कोठाको भवन निर्माण गर्न  वारागुङ मुक्तिक्षेत्र—२ छ्ङ्गुरका ढच्युङ गुरुङले जग्गादान गरेका थिए।

त्यस अवसरमा अध्यक्ष दाहालले पार्टी कार्यालय भवन निर्माणपछि संगठन विस्तारका साथै मुस्ताङीको विकासका चाहनामा भरथेग गर्न सहज हुने विश्वास व्यक्त गरे।

उनले जनतालाई केन्द्रमा राखेर काम गर्न पार्टीका स्थानीय नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार