३१ भदौ,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगलागी तथा तोडफोड भएको पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडा पुगेका छन् ।
अध्यक्ष प्रचण्डले जनयुद्ध र हालैको जेन–जेड आन्दोलनमा प्राण गुमाएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै कार्यालय परिसरको प्रत्यक्ष अनुगमन गरेका हुन् ।
सो अवसरमा उनले पार्टीको पुस्तकालय तथा बैठक (माईन्युट ) सुरक्षित राख्न योगदान पुर्याउने कार्यकर्ताप्रति धन्यवाद ज्ञापन गरे । साथै, कार्यालयको सफाइ र पुनःस्थापनामा सक्रिय भई नयाँ ढंगले पार्टीलाई अगाडि बढाउन युवापंक्तिलाई आह्वान गरे ।
तस्बिरहरू

प्रतिक्रिया
सम्बन्धित समाचार