• ट्रेण्डिङ :

प्रधानमन्त्री ओलीलाई बधाई छ, समर्थन छैन : केसी

प्रधानमन्त्री ओलीलाई बधाई छ, समर्थन छैन : केसी

संविधान संसोधन गर्ने परे प्रदेश खारेज गरौं

cnewsnepal

आइतबार, साउन ६ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने स्पष्ट पारेको छ ।

२०८१ साउन ६ गते आइतबार प्रतिनिधि सभामा ओलीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिँदै अध्यक्ष चित्रबहादुर केसीले मत नदिने जानकारी दिनुभएको हो ।

उहाँले प्रधानमन्त्री ओलीलाई बधाई दिँदै राम्रो काम गरे समर्थन र नराम्रो गरे विरोध गर्ने पनि स्पष्ट पार्नुभयो ।

‘राष्ट्रिय जनमोर्चाले बधाई दिन्छ, समर्थन दिन्नँ’ केसीले भन्नुभयो– ‘राम्रो गर्नुस्, राम्रो गर्दा समर्थन, नराम्रो गर्दा विरोधमा जनमोर्चा जान्छ । यो सरकारलाई समर्थन गर्न सक्दैन ।’

साथै, उहाँले शीर्ष दलहरू नै सरकार बनाउने र भत्काउने खेलमा मात्रै लागेको आरोप पनि लगाउनुभयो ।

अध्यक्ष केसीले मुलुकमा सुशासन प्रवर्द्धन र आर्थिक समृद्धिको यात्रालाई अगाडि बढाउन वर्तमान सरकार गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले जनताका समस्यालाई सम्बोधन गर्न सबै राजनीतिक दलहरू जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार