• ट्रेण्डिङ :

प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासमा

प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासमा

cnewsnepal

शनिबार, बैशाख २० २०७७
पढ्न लाग्ने समय: < २ मिनेट


 २० बैशाख काठमाडौं  । प्रधानमन्त्री केपीशर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।

अपरान्ह ४ बजे बोलाइएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक साँझ ५ बजेलाई सारिए पछि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

प्रधानमन्त्री ओली एकाएक शीतल निवास पुग्नु भएपछि बिभिन्न अनुमानहरु गरिन थालिएको छ । उनकाे भेटघाट बजेट अधिवेशन आव्हान गर्ने विषयमा हुन सक्ने अनुमान पनि गरिएको छ ।

यस अघि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले नेता बामदेव गौतमसंग प्रधानमन्त्री निवास वालुवटारमा छुट्टै छलफल गर्नु भएको बताइएको छ ।
अध्यक्ष ओलीले सचिवालय बैठक सारेर उपाध्यक्ष वामदेब गौतमसँग छलफल गरेका हुन ।

यस अगाडिको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कोरोना उन्मुलन भएपछि आफूले राजीनामा दिएर उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेका थिए ।

यसका साथै, प्रधानमन्त्री ओलीले पार्टी्भित्रै विभिन्न विवादहरु बढ्दै गएपछि पार्टीको तेस्रो अध्यक्षमा माधव कुमार नेपालको नाम पनि प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्री ओलीको उक्त प्रस्तावमा वरिष्ठ नेता नेपालले अस्वीकार गर्नुभएको थियो, भने गौतमले पार्टी कमिटीबाट औपचारिक निर्णय हुनुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार