३ भदौ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा एमाले समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।
नेता माधब कुमार नेपाल काेटेश्वरवाट बिहान अर्याल हाेटलमा ३० मिनेटकाे बसाई पछि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए भन्ने साेहि क्रममा प्रचण्ड पनि पुगेका हुन् ।
माधवकुमार नेपालका निजी सचिव माेहन गाैतमले भेटवार्ता जारी रहेको सिन्युज नेपाललाई बताए।
स्राेतका अनुसार सरकारमा सहभागी हुने र समसामयिक राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद बिस्तारलगायत विषयमा छलफल भईरहेकाे छ ।
सरकारले अध्यादेश ल्याएपछि नेपालले बुधबार नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।