काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग जसपा अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गर्नुभएको छ ।
यी दुई नेताबीच आज बिहान प्रधानमन्त्री निवास बाुलवाटारमा भएको भेटघाटमा यसअघि गरिएका सम्झौता पालना गर्नु पर्ने विषयमा छलफल भएको छ ।
जसपाले प्रधानमन्त्री देउवालाई विश्वासतको मत दिने निर्णय गरेको थियो । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएपछि जसपाको महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी हुनसक्ने सम्भावना बढेको छ ।
ठाकुरनिकट एक नेताले दिएको जानकारी अनुसार प्रधानमन्त्री देउवा र अध्यक्ष ठाकुरबीच जसपाले उठाउँदै आएको मगलगायत विषयमा छलफल भएको छ ।
जसपाको ठाकुर पक्षको केन्द्रीय कार्यकारिणी समितिले रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने र लाल आयोगको प्रतिवदेन सार्वजनिक गर्नुपर्ने विषय उठाइएको छ ।
आज प्रधानमन्त्रीसँगको भेटमा दुवै नेताबीच यस विषयमा पनि छलफल भएको बताइएको छ ।