• ट्रेण्डिङ :

प्रधानमन्त्री बालेन्द्र शाहलाई दलाई लामाका प्रतिनिधीद्वारा बधाई ज्ञापन

प्रधानमन्त्री बालेन्द्र शाहलाई दलाई लामाका प्रतिनिधीद्वारा बधाई ज्ञापन

cnewsnepal

सोमबार, चैत्र १६ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


धर्मशाला । तिब्बति निर्वासित सरकारका प्रमुख नेता सिक्योङ पेम्पा छेरिङ मार्च २७, २०२६ मा सपथ ग्रहण गर्नुहुने नेपालका नवनिर्वाचित प्रधानमन्त्री  बालेन्द्र शाहलाई बधाई दिएका छन् । सिक्योङ पेम्पा छेरिङ दलाई लामाका मुख्य प्रतिनिधीको रुपमा चिनिन्छन् ।

आफ्‌नो बधाई पत्रमा सिक्योङले लेखेका छन्, “हालैको जेन–जेडको नेतृत्वमा भएको आन्दोलनपछि सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा तपाईंको उदय नेपाली जनता, विशेष गरी युवा पुस्ताको आकांक्षाको शक्तिशाली प्रतीक हो ।”

पत्रमा थप भनिएको छ, “नेपाल र तिब्बतबीच पुस्तौंदेखि चलिआएको ऐतिहासिक र आध्यात्मिक सम्बन्ध रहेको छ, यो सम्बन्धलाई नेपालमा तिब्बती समुदायले थप सुदृढ तुल्याएको छ, जसले तिब्बतको जबरजस्ती कब्जाबाट शरण पाएर लामो समयदेखि नेपालको सामाजिक र आर्थिक संरचनामा योगदान पुर्‍याएको छ र सरकारले तिब्बती जनताको यो नेपालको पहिचानलाई सम्भव बनाएको छ। जसको लागि हामी गहिरो आभारी छौँ ।”

छेरिङले भनेका छन्, “इतिहासको यो महत्वपूर्ण अवधिमा नेपालको नेतृत्व गर्नुभएकोमा तपाईलाई मेरो हार्दिक बधाई र सफलताको शुभकामना स्वीकार गर्नुहोस् । तपाईको सक्षम नेतृत्वमा हामी हाम्रा जनताबीचको मित्रताको निरन्तर सुदृढीकरणको कामना गर्दछौँ र नेपालले प्रगति, समृद्धि र सकारात्मक परिवर्तनको दिशामा अघि बढ्ने कामना गर्दछौँ ।”

दलाई लामाले तत्कालिन प्रधानमन्त्री शुशिला कार्कीलाई पनि भदौ २८ गते २०८२ मा पनि बधाई सन्देश पठाएका थिए । लामको बधाई सन्देश घुमाउरो प्रकारले अमेरिकी सन्देशको रुपमा बुझिन्छ । अमेरिकाले दलाई लामालाई उपयोग गर्दै चीनमाथि हमला गर्ने उदेश्यले नै काम गर्दै आइरहेको छ

 

प्रतिक्रिया
सम्बन्धित समाचार