२४ मंसिर, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री माननिय चित्रवहादुर केसीले प्रहरीलाई संघिय प्रणालीमा लैजादा देश कमजोर हुने वताएका छन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसी ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न गर्न बागलुङ पुगेका केसीले सो कुरा वताएका हुन् ।

अध्यक्ष केसीले केहि प्रहरीहरु राजनितिक गोटी बन्नु दुखद रहेको वताए । प्रहरी संगठनलाई मर्यादित र व्यवसायीक वनाउदै लार्नु पर्न केसीले भने । सरकारको नेतृत्व परिर्वतन संगै भावी प्रहरी महानिरीक्षक आफु अनुकुल वनाउदा सुरक्षा चुनौतीम समस्या देखिएको केसीको धारणा रहेको छ ।
प्रहरीलाई राजनितिक हस्तक्षेप मुक्त बनाउनु पर्नेमा जोड दिए । केसीले प्रहरीको नेतृत्व सहि छ भने मात्र देशको शान्तिसुरक्षा वलियो हुने विश्वास व्यक्त गरे ।