• ट्रेण्डिङ :

प्रहरीलाई घुम्ती स्वाब संकलन साधन

प्रहरीलाई घुम्ती स्वाब संकलन साधन

cnewsnepal

शनिबार, भाद्र १३ २०७७
पढ्न लाग्ने समय: < २ मिनेट


नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले नेपाल प्रहरी अस्पताललाई घुम्ती स्वाब संकलन साधन हस्तान्तरण गरेको छ।
नाष्ट कार्यालयमा शुक्रबार सचिव डा.महेशकुमार शाहले अस्पतालका प्राविधिक प्रहरी उपरीक्षक डा.आशिष दत्तलाई उक्त साधन हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा डा. शाहले सो साधन कोभिड संक्रमित प्रहरी कर्मचारीलाई सुरक्षित बोक्न निकै उपयोगी हुने विचार व्यक्त गरे।
यसैगरी डा.दत्तले यस साधन तत्कालका लागि नेपाल प्रहरीको कोरोना परीक्षण गर्न प्रयोग गरिने र यसपछि माथिल्लो निकायकासँग छलफल गरेर पछि कहाँ कहाँ प्रयोग गरिन्छ भन्ने जानकारी लिन अझै बाँकीनै रहेको बताए।
नाष्टका वरिष्ठ प्रविधि अधिकृत डा. शङ्खर ढकालले आफूहरुलाई उक्त साधन निर्माण गरिदिन करिब २० दिन पहिले आग्रह आएको जानकारी दिए।
सो प्रविधिको नाम भने ‘मोबाइल स्वाब कलेक्सन भ्यान’ नामक एक एम्बुलेन्स रहेको ढकालले जानकारी दिए।
सो साधनमा बाहिरी ब्याट्रीको प्रयोग गरी गाडी नखोली काम गर्न मिल्ने र यसमा नयाँ किसिमको स्वीच पनि प्रयोग गरी सञ्चालन गर्ने व्यवस्था मिलाइएको डा. ढकालको भनाई थियो।               
यसअघि नाष्टले गत साउन १० गते बिरामी व्यक्तिबाट चिकित्सकलाई सजिलै जोगाउन नेपाली सेनाको सहयोगमा ‘मोबाइल स्वाब कलेक्सन भेहिकल’ निर्माण गरी कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरिसकेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार