• ट्रेण्डिङ :

बजेट अघि नै सत्ता समीकरण टुट्दै !

बजेट अघि नै सत्ता समीकरण टुट्दै !

cnewsnepal

आइतबार, बैशाख ७ २०८२
पढ्न लाग्ने समय: < ४ मिनेट


काठमाडौं, ७ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री खड्कप्रसाद ओलीलाई महादेवले सतिदेवीको लाश बोकेझैं बोक्दाबोक्दै पनि सत्ता गठबन्धनमा चरम खटपटमा फसेको छ ।

बाहिर बाहिर गठबन्धन ०८४ को चुनावसम्म नै जान्छ भन्दै गर्दा प्रधानमन्त्री ओलीले भने पार्टीका नेताहरुलाई सुरक्षित हुन सन्देश दिएका छन् ।

अर्थात कुनै पनि बेला सरकार धरापमा पर्न सक्ने भएकाले आफू र आफू अन्तर्गतका धन्दाहरु बेलैमा सुरक्षित गर्न ओलीले निकटवर्तीहरुलाई सन्देश प्रवाह गरेका हुन् ।

नौ महिनाको सत्ता सहयात्राका क्रममा देउवाले जे-जे भन्यो त्यही मान्दै आएका ओलीले नेपाल र राष्ट्र बैंकको गभर्नर नियुक्तिमा अलिकति अडान राख्ने वित्तिकै देउवाले माओवादी अध्यक्ष प्रचण्डसँग गोप्य वार्ता मात्रै गरेनन् त्यसलाई बाहिर समेत चुहाए ।

जसका कारण एमाले पंक्तिमा ढ्याङ्ग्रो ठोक्यो । एमालेसंग गठबन्धन गरेपछि प्रचण्डसंग एक्ला-एक्लै भेट समेत नगरेका देउवाले ओलीलाई दबाव दिनका लागि मात्रै प्रचण्डसँग भेटे भन्ने कुरामा विश्वास गर्नु अब एमालेहरुका लागि घातक हुन्छ भन्ने विश्लेषण एमालेभित्र गरिदैछ।

यसै पनि नौ महिना भन्दा लामो समय वामपन्थी सरकार चल्न नदिने विदेशी शक्तिहरूले अब ओलीलाई कर्सीमा राखिराख्छन् भन्ने अवस्था छैन भन्ने पनि एमालेहरुले बुझेका छन् ।

त्यसमाथि प्रचण्ड कांग्रेसलाई एकल सरकार नै चलाउन पनि समर्थन दिन तयार देखिएका छन् । देउवा र प्रचण्डबीचको भेटवार्ता हुनु नै वर्तमान गठबन्धन टुट्ने क्रम शुरु हुनु हो भन्ने बुझन कठीन छैन ।

एमालेहरु भने देउवासंग आत्मसमर्पण गरेरै भए पनि गठबन्धन जोगाउने पक्षमा देखिएका छन् । त्यही भएरै एमाले देउवाकै माग अनुसार राष्ट्र बैकको गभर्नर नियुक्तिका लागि तयार भएको बुझिएको छ ।

गभर्नर नदिने बरु गठबन्धन टुटे पनि टुटोस भन्ने केही नेताहरुलाई ओलीले “जङ अभि बाँकी है” भन्ने जवाफ दिएर क्सी जोगाउन लालायित देखिएको बुझ्ने एमाले नेताहरु पनि छन् ।

ओलीलाई अब फेरि प्रधानमन्त्री बन्न सकिदैन भन्ने लागेकाले अहिले जति हुन्छ बढी समय टिक्ने भन्नेमा देखिएको एमाले नेताहरु नै बताईरहेका छन् ।

नत्र अर्थ मन्त्रालय अन्तर्गत नियुक्त हुनुपर्ने गभर्नर देउवालाई सुम्पन तयार हुनुको अर्थ के हो त ? भन्ने चर्चा एमाले वृत्तमा छ ।

गभर्नरमा मात्रै होइन, देउवाले अन्य नियुक्तिहरुमा पनि ओलीलाई नाकमा डोरी बाँधेर घिसार्न सफल भएका छन् ।

खाशमा भन्ने हो भने यस पटक ओली जस्तो ढिट र जब्बर मान्छेलाई देउवाले धोवी धुलाई गरेका छन् भन्दा पनि फरक पर्दैन ।

ओलीले जतिसुकै सरेण्डर गरे पनि गठबन्धन भने धेरै जाँदैन भन्ने संकेत आम कांग्रेसीहरुले गरिरहेका छन् ।

कांग्रेसका महामन्त्रीद्रय गगन थापा र विश्वप्रकाश शर्माले त गठबन्धनको गम्भीर समीक्षा गर्नुपर्ने भनिरहेका छन् भने थापाले त पधानमन्त्री ओलीको बेडरुमसम्म नै विचौलिया पुग्ने गरेको आरोप लगाएका छन् ।

थापा गत बुधबार रातीको दुई दलीय संयन्त्रको बैठकमा समेत सहभागी भएनन् ।

देउवा इतरका कांग्रेसीहरु त पहिल्यैदेखि नै एमालेसंगको सहकार्य तत्काल तोड्नुपर्छ भन्नेमा छन् ।

देउवालाई कांध हालेका पूर्णबहादुर खड्का पनि अहिले टाढिन थालेका छन् ।

अब देउवाले पत्नी आरजुकै बलमा आरजुकै लागि मात्रै पार्टीलाई ओलीको पाउमा राखिराख्ने अवस्था छैन ।

त्यसो गर्न खोजे भने कांग्रेसमा ठूलो दरारको अवस्था उत्पन्न हुने निश्चित छ । देउवाले पनि त्यो कुरा बुझेको बताइन्छ ।

तर, अहिले ओलीबाट लिने जति लिने र त्यसपछि गठबन्धन तोड्न परे पनि तयार हने देउवाको दाउ हुनसक्ने विश्लेषण गरिएको छ ।

ओलीसँग जति धेरै टासियो पार्टीलाई व्यत्ति धेरै घाटा हुन्छ भन्ने पनि देउवाले बुझेका छन् ।

ओली झन् पछि झन् अलोकप्रिया मात्रै होइन कि ओलीका कारण जनआक्रोश चुलिएको छ ।

मात्रै पत्नी आरजुको मन्त्री हुने रहर पुरा नभएकाले सिंगो पार्टीलाई बेवास्ता गरेका खबर नेपालीपत्रमा उल्लेख छ ।

तर, अब यो अवस्था धेरै दिन राख्नु देउवाका लागि भयंकर घातक हुनेछ ।

त्यसैले आगामी जेठ १५ गते प्रस्तुत हुने बजेट भन्दा अघि नै सत्ता समीकरण फेरिने लगभग निश्चित छ भन्दा फरक नपर्ने देखिएको छ । न्युज अभियान 

प्रतिक्रिया
सम्बन्धित समाचार