• ट्रेण्डिङ :

बहुल राष्ट्रिय राज्यका आधारमा देशको शासन र संविधान निर्माण हुनुपर्छ : नेता महतो

बहुल राष्ट्रिय राज्यका आधारमा देशको शासन र संविधान निर्माण हुनुपर्छ : नेता महतो

cnewsnepal

बिहिबार, साउन २८ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


२८ साउन काठमाण्डाै । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले बहुल राष्ट्रिय राज्यका आधारमा देशको शासन र संविधान निर्माण हुनुपर्ने दोहराएका छन्।

बिहीवार काठमाडौंमा जसपा निकट योङ ईण्डिजिनिष्ठ लिगको प्रारम्भीक भेलामा महतोले बहुल राष्ट्रिय राज्य स्थापित नभएसम्म पछाडी परेका जनताको अधिकार स्थापीत हुन नसक्ने भन्दै बहुल राष्ट्रिय राज्यका आधारमा देशको शासन र संविधान निर्माण हुनुपर्ने बताएका हुन् । उनले एकल राष्ट्रिय राज्यको चिन्तन र सोच बाट भएकै कारण समस्या भएको र उत्पीडित जनताले अधिकार पाउन नसकेको बताए। मुलुकमा सात वटा संविधान आएपनि जनताले भने अझै पनि अधिकारबाट बञ्चित हुनुपरेको उनको भनाई छ । उनले यसअघिको सरकारले सुखि नेपाली समृद्ध नेपालको नारा लिएपनि सो बमोजिम काम गर्न नसकेको आरोप लगाए ।

बहुलराष्ट्रिय राज्य नेपाल स्थापनाका लागि भन्दै योङ ईण्डिजिनिष्ठ लिग गठन गरिएको जसपाका नेताहरुले जनाएका छन् ।

भिडियाे सहित हेर्नुहाेस 

 

प्रतिक्रिया
सम्बन्धित समाचार