• ट्रेण्डिङ :

बागमती प्रदेश : विना विभागिय मन्त्री रमा आले मगर भौत्तिक पुर्वाधार मन्त्री बन्दै

बागमती प्रदेश : विना विभागिय मन्त्री रमा आले मगर भौत्तिक पुर्वाधार मन्त्री बन्दै

cnewsnepal

बुधबार, बैशाख ५ २०८१
पढ्न लाग्ने समय: < २ मिनेट


५ वैशाख, हेटौंडा । बागमतीमा प्रदेशमा नेकपा एकीकृत समाजवादीवाट विना विभागिय मन्त्री रमा आले भौत्तिक पुर्वाधार मन्त्री बने दिशा तर्फ उन्मूख भएको छ ।

नेकपा एकीकृत समाजवादीको मागअनुसार मन्त्रालय हेरफेरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहमत भएका छन् ।

मन्त्रालय बाँडफाँडको विषयलाई लिएर सत्ता गठबन्धनभित्र हानथाप थियो । यसअघि एकीकृत समाजवादीले थप एउटा मन्त्रालय दिनुपर्ने वा मन्त्रालय संख्या नै घटाएर ११ वटा मन्त्रालय बनाउनुपर्ने अडान लिएको थियो ।

एकीकृत समाजवादीलाई रोजेकै मन्त्रालय दिएर १२ वटा मन्त्रालय नै कायम गरिने गठबन्धनका दलबीच सहमति जुटेको छ ।

बागमतीमा १२ वटा मन्त्रालय र १३ जना मन्त्री छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले १९ चैतमा एकीकृत समाजवादीबाट रमा आले मगरलाई विना विभागीय मन्त्री नियुक्त गरेपछि गठबन्धन दलमा मन्त्रालय भागबन्डाको विषय पेचिलो बनेको थियो ।

मन्त्री मगरले शपथ लिएकै दिन अर्थात् २० चैतमा एमालेले थप चार मन्त्रीको शपथ गराएको थियो । एमालेले बाँकी चार वटै मन्त्रालयमा मन्त्री पठाएपछि एकीकृत समाजवादीकी मगर हालसम्म विना विभागीयमै सीमित छन् ।

एकीकृत समाजवादीका नेता कृष्ण शर्मा खनाल मन्त्रालय फुटाएर जिम्मेवारीमा रहने बताएको र अडान कायमै रहेको बताए ।

हाल दुई वटा मन्त्रालय लिइरहेको एकीकृत समाजवादीले भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्रालय र सामाजिक विकास मन्त्रालयमध्ये एउटा पाउनुपर्ने अडान लिएको स्रोतकको दावी छ ।

चालु आर्थिक वर्ष २०८०र८१ मा भौतिकको बजेट २१ अर्ब ६८ करोड ३८ लाख ७८ हजार ५००, खानेपानी, ऊर्जा तथा सिंचाइको ७ अर्ब ४८ करोड ६९ लाख ८३ हजार र सामाजिक विकासको ४ अर्ब ६२ लाख १७ हजार बजेट छ । यता विना विभागीय मन्त्री रमा आले मगरले जनताको काम गर्ने सहमती अनुसारकै मन्त्रालय पाउनु पर्ने अडानवाट पछि नहटने बताईन ।

प्रतिक्रिया
सम्बन्धित समाचार