• ट्रेण्डिङ :

बागमतीमा मन्त्रीहरुको नाम टुंगियो, शपथ आजै

बागमतीमा मन्त्रीहरुको नाम टुंगियो, शपथ आजै

cnewsnepal

बुधबार, माघ ११ २०७९
पढ्न लाग्ने समय: < १ मिनेट


११ माघ, हेटौंडा । बागमती प्रदेश सरकारकाे मन्त्रीहरुको टुंगो लागेको छ ।

प्रदेशमा एमाले र माओवादीले ४/४ तथा राप्रपाले ३ मन्त्रालय पाउने सहमति भएअनुसार दलहरुले आ-आफ्ना मन्त्रीको नाम टुंगो लगाएका हुन् ।नेकपा एमालेबाट काठमाडौंका केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री,मकवानपुरका एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, ललितपुरका रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री बन्ने भएका छन् ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया यसअघि नै आर्थिक मामिला तथा योजना मन्त्री भैसकेका छन् ।

यसैगरी माओवादीबाट सिन्धुलीका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानून, सिन्धुपाल्चोकका युवराज दुलाल भौतिक पूर्वाधार विकास र मकवानपुरका कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्ने भएका छन् ।

माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल प्रदेश मुख्यमन्त्री छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार