१६ भदौ,काठमाडौ । हिजो मंगलवार माधव नेपालको नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन्।
एमाले नेता अष्टलक्ष्मी शाक्यको नेतृत्वमा रहेको प्रदेश सरकारका मन्त्री खनालले बुधबार बिहान पदबाट राजीनामा दिएका हुन्। मंगलबार बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय (हेटौंडा) मा उपस्थित भएर उनले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गरेका थिए।
उनी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पनि हुन्।
प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी