• ट्रेण्डिङ :

बामदेव गौतमद्वारा नेकपा (एमाले) परित्याग

बामदेव गौतमद्वारा नेकपा (एमाले) परित्याग

cnewsnepal

शुक्रबार, भाद्र १८ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष बामदेव गौतमले पार्टी परित्याग गरेका छन् । शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर उनले एमालेका सबै पदबाट राजीनामा दिएका हुन् ।

गौतमले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएर फर्किएको जानकारी गराइएको छ । एमालेको ९औं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बनेका थिए ।

तर, नेकपा विभाजनपछि भने दुवै पक्षमा नलागी गौतमले एकता अभियान चलाइरहेका थिए । उनले नेकपा (एमाले) परित्याग गरेपनि अब के गर्ने भन्ने बारेमा केही खुलासा गरेका छैनन् । 

प्रतिक्रिया
सम्बन्धित समाचार