काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच आज भेटवार्ता भएको छ।
एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुग्नुभएको थियो। भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो।
बालुवाटारमा ओली दाहाल बिच गृह मन्त्रालय,उपराष्ट्रपति र राष्ट्रपतिबारे छलफल भएको छ ।
सत्ता साझेदार दुई शीर्ष नेताको भेटमा गृह मन्त्रालय कस्लाई दिनेको विवाद टुंगाउने बारेमा छलफल भएको हो । त्यसैगरि, राष्ट्रपति उम्मेदवारका विषयमा पनि कुराकानी भएको छ ।
आगामी फागुन २८ गतेलाई राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपति चयनको निर्वाचन हुने तय भएसँगै कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा पनि ओली प्रचण्डबीच छलफल भएको हो ।
उता,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्चको फैसलासँगै गृहमन्त्री पद गुमेपछि अहिले रास्वपाले गृहमन्त्रालय आफैँले पाउनुपर्ने दावी गर्दै आएको छ।