• ट्रेण्डिङ :

भारतविरुद्ध पहिलो हाफमा नेपालको अग्रता १–० ले अगाडि

भारतविरुद्ध पहिलो हाफमा नेपालको अग्रता १–० ले अगाडि

cnewsnepal

बिहिबार, भाद्र १७ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


१७ भदौ, काठमाडौं । भारतविरुद्धको मैत्रीपूर्ण खेलमा भारतवरिुद्ध पहलिो हाफमा नेपाल १-० ले अगाडि वढेकाे छ । दशरथ रंगशालामा भएको खेलमा  अन्जन विष्टले ३६ औँ मिनेटमा नेपाललाई अग्रता दिलाएका हुन् ।
दशरथ रंगशालामा भइरहेको खेलको ३६ औं मिनेटमा नेपालका लागि अञ्जन विष्टले गोल गरे । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेको हो । बिहीबारको खेलमा सुरुवाती २० मिनेट रक्षात्मक प्रदर्शन गरेको नेपालले त्यसपछि आक्रमण बढाएको थियो ।
 
कोरोना भाइरसको महामारीका कारण लामो समयसम्म खेल गतिविधि हुन नसकेका बेला नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् ।
 
 

प्रतिक्रिया
सम्बन्धित समाचार