• ट्रेण्डिङ :

भृकुटीमण्डपमा एमालेको ‘युथ सेलेब्रेसन’, लोकतन्त्रमा युवाको भूमिकाबारे विमर्श

भृकुटीमण्डपमा एमालेको ‘युथ सेलेब्रेसन’, लोकतन्त्रमा युवाको भूमिकाबारे विमर्श

cnewsnepal

बिहिबार, बैशाख ११ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


११ वैशाख, काठमाडौं। नेकपा एमालेले आज काठमाडौंको भृकुटीमण्डपमा ‘युथ सेलेब्रेसन’ कार्यक्रम आयोजना गर्दैछ। ‘जनताले जितेको दिन’ भन्ने नारासहितको यो कार्यक्रम देशभरका युवाहरूलाई लोकतन्त्रप्रतिको चेतना अभिवृद्धि गराउने उद्देश्यले गरिएको हो।

कार्यक्रम दिउँसो १ बजेबाट सुरु हुनेछ। सातै प्रदेशबाट आएका युवाहरूको उपस्थिति रहने यस उत्सवमा, लोकतन्त्र र युवाको भूमिकामाथि विचार विमर्श हुनेछ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, विभिन्न प्रतिनिधि वक्ताहरूले लोकतन्त्रमा युवाको योगदान, चुनौती र सम्भावनाबारे धारणा प्रस्तुत गर्नेछन्।

कार्यक्रममा सांस्कृतिक प्रस्तुति, युवाको आवाज समेटिएको वक्तव्य र प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सम्बोधनसमेत रहनेछ।
गौतमका अनुसार, ‘लोकतन्त्रको मर्म बुझाउने, युवा पुस्तालाई प्रेरित गर्ने र जनताको अधिकारप्रतिको सचेतना जगाउने उद्देश्यले युथ सेलेब्रेसन आयोजना गरिएको हो।’

एमालेले यो कार्यक्रमलाई लोकतन्त्र र विकासमा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्ने अभियानका रूपमा लिएको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार