• ट्रेण्डिङ :

मध्यपहाडी लोकमार्ग अभियान टोलीलाई साँखाबाट सम्मानपूर्वक बिदाइ

मध्यपहाडी लोकमार्ग अभियान टोलीलाई साँखाबाट सम्मानपूर्वक बिदाइ

cnewsnepal

बुधबार, जेष्ठ ७ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


७ जेठ,रुकुम पश्चिम । नेकपा (माओवादी केन्द्र)को मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गतको टोलीलाई मुसिकोट नगरपालिका–७, साँखाबाट एक विशेष कार्यक्रमबीच बिदाइ गरिएको छ।

कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्लले अभियान टोलीका नेता तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्थानीय भेडाको ऊनबाट निर्मित उत्पादन उपहार स्वरूप प्रदान गर्दै सम्मानपूर्वक बिदाइ गरेकाे हाे ।

स्थानीय संस्कृतिको प्रवर्द्धन र उत्पादनप्रति सम्मान प्रकट गर्ने उद्देश्यले प्रदान गरिएको सो उपहारले अभियानको आत्मीयता र जनसङ्गठनबीचको गहिरो सम्बन्ध झल्काउने नेता मल्लले बताए।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा बासिन्दाको उल्लेखनीय सहभागिता थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार