• ट्रेण्डिङ :

माओवादीको सडक संघर्षको कार्यक्रम स्थगित

माओवादीको सडक संघर्षको कार्यक्रम स्थगित

cnewsnepal

सोमबार, कार्तिक २० २०८०
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको मंसिर २२ को सडक संघर्षको कार्यक्रम स्थगित गरेको छ ।
माओवादी केन्द्रका महासचिव देव गुरुङले आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले गत शुक्रबार जाजरकोटमा गएको भूकम्पको कारण सडक संघर्षको कार्यक्रम स्थगित गरिएको मआवादी केन्द्रले जनाएको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरुमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । ’भूकम्प प्रभावित क्षेत्रमा खटिनु छ । रूपान्तरण अभियानअन्तर्गत काठमाडौंमा गर्न लागिएको जनपरिचालन कार्यक्रम उक्त मितिमा नगर्ने निर्णय गरिएको छ,’ उनले भने ।

सत्तासीन माओवादीले नै सडक संघर्षको कार्यक्रमको घोषणा गरेपनि आलोचना पनि भएको थियो । यस्तै चियापान लगायनका कार्यक्रम पनि तिहारसम्मका लागि स्थगित गरिएको महासचिव गुरुङले बताए । माओवादी केन्द्रले पार्टीको रुपान्तरण अभियान भने जारी राखेको छ ।

माओवादीले भूकम्प प्रभावित जिल्लाका सम्पूर्ण कमिटीहरु जवसरमोर्चाका नेता तथा कार्यकर्ताहरुलाई खोज, उद्धार एवं राहतमा सक्रियतापूर्वक सहयोग गर्न निर्देशन दिइएको छ । यसबारे माओवादीले सर्कुलर जारी गर्दै केन्द्रीय कार्यालय मातहतका समितिलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार