• ट्रेण्डिङ :

माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा लगायत दलसँग एकता गर्छौं र ठूलो पार्टी बन्छौं : नेता चौधरी

माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा लगायत दलसँग एकता गर्छौं र ठूलो पार्टी बन्छौं : नेता चौधरी

cnewsnepal

बुधबार, भाद्र ९ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीले एकीकृत समाजवादी पार्टी देशकै ठूलो शत्ती बने दावी गरेका छन् ।

बुधबार निर्वाचन आयोगमा एकीकृत समाजवादी पार्टी दर्ताका लागि सनाखत गर्न पुगेका उनले पत्रकारसँगको कुराकानीमा अबको चार महिनामा आफूहरुको पार्टी सबैभन्दा ठूलो बन्ने दावी गरेका हुन् ।

नेता चौधरी भने, ‘मुलुकमा यो पार्टी चार महिनापछि सबैभन्दा ठूलो पार्टी बन्दैछ । यही पार्टी वरिपरि मुलुकको राजनीति अगाडि बढ्छ ।’
कसरी ठूलो पार्टी बन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, विप्लव, मोहन वैद्यलगायत सबै राजनीतक दलबीच एकता हुन्छ ।’

 

तर केपी शर्मा ओली अध्यक्ष हुँदासम्म भने एमालेसँग एकता र सहकार्य नहुने चौधरीले बताए । ‘

प्रतिक्रिया
सम्बन्धित समाचार