रौतहट । रौतहटमा खोलाले बगाउँदा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा माधवनारायण नगरपालिका वडा नं ८ का १८ वर्षीय श्यामलाल सहनी रहेको प्रहरी प्रधान कार्यालयद्वारा जारी दैनिक समाचार बुलेटिनमा उल्लेख छ ।
स्थानीय बागमती खोलामा माछा मार्ने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार खोलाले बगाउँदा उनी बेपत्ता भएका थिए ।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पिपरारजवडाबाट खटिएको प्रहरी टोली खोजी गर्ने क्रममा मंगलबार बिहान शव उनको फेला परेको हो ।
उनको शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार