• ट्रेण्डिङ :

माधवकुमार नेपालले भने- आफ्नो पार्टीभित्र एमाले प्रवृति कहिले दोहरिने छैन

माधवकुमार नेपालले भने- आफ्नो पार्टीभित्र एमाले प्रवृति कहिले दोहरिने छैन

cnewsnepal

आइतबार, भाद्र १३ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


१३ भदौ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीभित्र एमाले प्रवृति नदोहरिने स्पष्ट पारेका  छन् ।

संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको पार्टीको पहिलो संसदीय दलको बैठकमा कम्युनिस्ट माधवकुमार नेपालले भने-  बचाउनकै लागि बिद्रोह गरिएको भन्दै आफ्नो पार्टीमा अव एमाले प्रवृति नदोहरिने बताएका हुन् ।

उनले यसअघि एमालेमा एकल हस्तक्षेप हावी भएको, कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्न खोजिएको र फरक बिचारलाई उपेक्षा गरिएको आरोप लगाए।

यसअघि पनि मनमोहन अधिकारी, महोनविक्रम, तुल्सीलालले विभिन्न समयमा विद्रोह गरेर फरक-फरक समूह बनाएको र त्यसले कम्युनिस्ट आन्दोलन, राष्ट्रियता बचाएको भन्दै उनले अहिले पनि केपी ओलीले व्यवस्थाविरुद्ध गतिविधि गरेकाले विद्रोह गर्नुपरेको जिकिर गरे । उनले पार्टीभित्रको फोहोर फालेर सफा बनाउँदा सबैको आकर्षणको केन्द्र हुने धारणा राखे । त्यस्तै उनले अहिले नै अरु कुनै पार्टीसँग एकीकरण नगर्ने र देशव्यापीरूपमा बलियो संगठन बनाउने बताए। केही व्यक्तिहरूले अरू दलमा बिलिन हुन गइरहेको हल्ला चलाएको भन्दै अध्यक्ष नेपालले कुनैपनि भ्रममा नपर्न आग्रह गर्नुभयो । उनले नयाँ पार्टी गठन गर्दा अनेक अवरोध सिर्जना गरिएको भन्दै सवै बाधा अवरोध हटाउन सफल भएको तर्क गरे।

नेकपा (एकीकृत समाजवादी)को पार्टी संरचना रहेको भन्दै त्यसलाई मजबुद बनाउदै लैजाने बताए। अध्यक्ष नेपालले प्रदेश र स्थानीय तहमा एमालेबाट निर्वाचित बढीभन्दा बढी प्रतिनिधिहरुलाई नयाँ दलमा आबद्ध गराउन निर्देशन दिए। त्यस्तै उहाले संसदमा जनताका बिषयलाई उजागर गर्न सांसदहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार