काठमाडौं । पछिल्लो समय नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार २३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ८३४ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार २३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १० हजार ५६९ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ५३९ जना र ३ हजार २६५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ७९९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ५० जना कोरोनामुक्त भए, १८ को मृत्यु
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ५० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ४३ हजार ६१५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १३ हजार ८३४ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३८ लाख २८ हजार ८१२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप १८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७१३ पुगेको छ ।
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त
चन्द्रागिरि स्वास्थ्य शाखाको ‘कोल्ड चेन’ भत्किँदा जनस्वास्थ्यमा गम्भीर खेलबाड, शाखा प्रमुख महतोको चरम लापरबाही