काठमाडौं, १६ कात्तिक । नेपालमा पछिल्लो घण्टामा थप ४६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ८ हजार १०७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,११५ पीसीआर परीक्षणमा ४२२ र ३,१७२ एन्टिजेन परीक्षणमा ४७ जना गरी ४६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।
योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४२७ पुगेको छ ।
त्यस्तै, आज ५ सय ५५ जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म ७ लाख ९२ हजार ८ सय ३२ जना संक्रमणमुक्त भएका छन् ।
काठमाडौं उपत्यकामा १४० संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९९, ललितपुरमा ३६ र भक्तपुरमा ५ संक्रमित छन्।