२७ फागुन पाेखरा । गण्डकी प्रदेश सभाका सदस्य राजीव पहारी मुलुकमा कुशासनको डढेलो लागेको बताएका छन् । शुक्रबार गण्डकी प्रदेश सभाको विशेष समयमा बोल्दै पहारीले केपी शर्मा ओली सरकारले बसालेको थितीलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले बेथितीमा परिणत गराएको बताएका हुन् ।
सभा आफ्ना भनाई राख्दै प्रदेश सांसद पहारीले विदेशीहरूसँग भिख मागेरभन्दा पनि देशभित्रै उत्पादन र उत्पादकत्व बढाएर साथै व्यवसायमैत्री वातावरण सिर्जना गरेर मात्रै देशलाई समृद्ध बनाउन सकिने धारण व्यक्त गरे । उनले झण्डावाल गाडी देखाएरभन्दा पनि जनतालाई अनुभूति गराएर सरकारको दायित्व पुरा गर्न प्रदेश सरकारलाई आग्रह गरे । पहारीले देशभर डढेलो लागेको प्रशंग निकाल्दै बेथितीबारेसमेत आफ्नो धारणा दिए ।
’बस्ती टोलमा मात्र होइन, सिङ्गो मुलुकमा आगो मात्र लागेको होइन डढेलो लागेको छ । भ्राष्टाचारको डढेलो लागेको छ, कुशासनको डढेलो लागेको छ, विकृति विशंगतीको डढेलो लागेको छ, मूल्यवृद्धिको डढेलो लागेको छ । यो कुरा मैले भनेको होइन, तथ्यांकले बताएको छ’, प्रदेश सांसद् पहारीले भने,’हिजो केपी ओली प्रधानमन्त्री हुँदा व्यापार ६.३ प्रतिशतले घटेको थियो । निर्यात ७ प्रतिशतले वृद्धि भएको थियो, आर्थिक वृद्धिदर लगातार तीन वर्षसम्म ७ प्रतिशतभन्दा माथि थियो ।