११ असोज काठमाडौं । नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले आफुलाई प्रायोजित ढंगले गाली गलौज गर्ने गरिएको बताए । पर्यटन दिवसको उपलक्ष्यमा राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा पार्र्टीको भातृसंगठन युवा संघ नेपाल, पर्यटन बिभागले आयोजना गरेको आगामी निर्वाचन र पर्यटनका मुद्दाहरु विषयक अन्तक्रिया कार्यक्रममा यस्तो बताएका हुन ।
काठमाडौ महानगरका मेयर बालेन्द्र शाह प्रती लक्षित गर्दै चाडबाडको मुखमा निमुखा जनता माथी गरिएको दमनको बिरोध गर्दा आफुले प्रायोजित तत्वहरुबाट गाली खाईरहेको बताए ।
बेथितिका विरुद्ध बोल्दा आफ्नो भविषय तलमाथि पर्ने डरले बोल्ने कसैको हिम्मत नभएको बेला आफु गरिब निमुखा जनताको पक्षपोषक पार्र्टीको सिपाही भएकोले बोल्ने आट गरेको र गलत कामको बिरोध गर्ने हिम्मत गरेको बताए ।
पाँच दलिय गठबन्धनका नाममा नेकपा एमाले लाई घेराबन्दीमा पारेर मुलुकलाई बर्बादिमा लैजाने गठबन्धन लाई मङ्सिर ४ को चुनाव पछि परास्त गर्ने दाबी गरे ।
बर्तमान सरकारले बैंक ,सहकारी ,शेयर बजार र समग्र अर्थतन्त्र डामाडोल हुदा पनि समाधानको कुनै प्रयास गर्न नसक्नु सरकारको असक्षमता भएको र जनता सामु यो गठबन्धन को सरकारले नैतिकता गुमाईसकेको बताए ।