• ट्रेण्डिङ :

राजेन्द्र केसीकाे विजयी भए अब सरकारमा गृहमन्त्री म बनाउछु प्रधानमन्त्री देउवा

राजेन्द्र केसीकाे विजयी भए अब सरकारमा गृहमन्त्री म बनाउछु प्रधानमन्त्री देउवा

cnewsnepal

शुक्रबार, कार्तिक २५ २०७९
पढ्न लाग्ने समय: < ४ मिनेट


प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान रक्षा र स्थिरताका लागि अझै १०/१५ वर्षसम्म गठबन्धन कायमै राख्ने बताएका छन्।

उनले सत्ता गठबन्धन एकजुट भएर चुनावमा गएको पनि बताए। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिई बिजयी गराएमा गठबन्धन निरन्तर रहने उनको भनाइ थियो।

‘पाँच वर्षको अवधिमा केपी शर्मा ओलीले २ पटक संसद विघटन गर्नुभयो। हामी संविधानको रक्षाका लागि उत्रियौं, अदालत गयौं,’ काठमाडौं क्षेत्र नम्बर १० ले आयोजना गरेको चुनावी सभामा आज देउवाले भने, ‘संविधान रक्षा र स्थिरताका लागि गठबन्धन अझै आवश्यक छ।’

लोकतन्त्रलाई र संविधानलाई कसैले कमजोर नबनाओस् भनेर गठबन्धन गरिएको उनले बताए। काठमाडौं १० का उम्मेदवार कांग्रेस नेता राजन केसीलाई जिताएर पठाउन उनले आग्रह गरेका थिए।

केसी मेहनती र विकासप्रेमी नेता भएकोले उनलाई मन्त्री बनाउने आश्वासन पनि देउवाले दिएका छन्। काठमाडौं १० मा कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच मात्रै गठबन्धन छ।

प्रधानमन्त्रीले भने, “यो राष्ट्रले धेरै ठूलो लडाइँपछि संविधान पाएको छ । पद्धति पाएको छ । संविधानले नै ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरेको छ । आदिवासी, जनजाति सबैलाई  हक दिएको छ । यो समावेशी संविधान मात्रै नभई सबै समावेशी लोकतन्त्र पनि छ ।” सबै वर्ग तथा क्षेत्र अटाउने संविधानलाई बचाउने लक्ष्यका साथ गठबन्धन बनेको उनको भनाइ छ । प्रधानमन्त्रीले भने, “हाम्रोमा स्थापित भएको समावेशी प्रजातन्त्र र राजनीतिलाई बचाई राख्नुछ । नेपाली जनताले निर्वाचनमार्फत सरकार बनाउन पाउने, बदल्न पाउने अधिकार  पाएका छन् । यो महत्वपूर्ण छ । यसलाई स्थायी राख्न पनि हामी एक ठाउँमा उभिएका छौँ ।”

प्रधानमन्त्री देउवाले जथाभावी तरिकाले ओली (नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली) ले दुई दुई पटक संसद् भङ्ग गरेपछि आफूहरू मिलेर त्यसलाई बचाएको दृष्टान्त पेश गरे । प्रधानमन्त्रीले भने, “दुई पटक संसद भङ्ग गर्न थालेपछि हामीले प्रजातन्त्र बचाएका हौँ । लोकतन्त्र र समावेशी प्रजातन्त्र बचाएका हौँ । यसलाई स्थायी बनाउन गठबन्धन बनेको छ ।” गठबन्धनको एउटै शर्त स्थायी लोकतन्त्रलाई समृद्ध पार्नु रहेको उल्लेख गर्दै उनले जनताले पाएको अधिकार कमजोर गर्न नसकोस् र हटाउन नसकोस् भनेर गठबन्धन बनेको उल्लेख गरे । उनले गठबन्धन आगामी १० देखि १५ वर्षसम्म जाने विश्वास व्यक्त गरे ।

स्थायी शान्ति र लोकतन्त्रको सम्वद्र्धनका लागि गठबन्धन अपिरहार्य रहेको प्रधानमन्त्रीको भनाइ छ । उनले सडक विस्तारका क्रममा समस्यामा परेका स्थानीयबासीलाई मुआब्जा दिने विश्वास दिलाए । “कसैको पनि सम्पत्ति बिना मुआब्जा भत्काउन पाइँदैन । भत्काउन त पाइन्छ, तर मुआब्जा दिएपछि मात्रै”, प्रधानमन्त्रीले भने, “अब मुआब्जा दिलाउने काम उहाँ (सो क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजन केसी) को हो ।”

कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य र मान्यतालाई कायम राख्दै मुलुकको सर्वाङ्गीण विकासका लागि गठबन्धनको जीत जरुरी रहेको बताए । विकास र समृद्धिको गति अगाडि बढाउनका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको भन्दै उनले शिक्षा, स्वास्थ्य र ऊर्जा क्षेत्रको विकासका लागि पनि आफूले ध्यान केन्द्रीत गरेको बताए । उनले व्यापार घाटा कम गर्दै बेरोजगारीको अन्त्य र परनिर्भरताको अन्त्य गर्न लगानीको विस्तार जरुरी रहेकामा जोड दिए । सो क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार केसीले मुलुकको विकास र समृद्धिका लागि गठबन्धनको उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । उनले कृषि पर्यटन र ऊर्जा क्षेत्रको विकास गरी मुलुकलाई समृद्ध बनाउनुपर्ने बताए । उनले आफू ठोस योजना र कार्यक्रमसहित जनताको बीचमा आएको उल्लेख गरे । राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सचिव हिमलाल पुरीले देशमा गणतन्त्र र राष्ट्रियताका लागि राष्ट्रिय जनमाेर्चाले ठुलाे लडाइँ लडेकाे बताउदै प्रतिगामी शक्तिलाई राष्ट्रिय जनमाेर्चाले पराजयका लागि लडेकाे बताए । उनलेे भने राष्ट्रिय जनमाेर्चालेनै केपी अाेलीले प्रतिगमन गरे पछि नयाँ सरकार निर्माण भएकाे वताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार