१३ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक दस्तावेजको प्रस्तावनामा पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली व्यवस्थामा जाने बताएको छ ।
महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय र संसदीय दलको बैठकले राजनीतिक दस्तावेजको प्रस्तावना पारित गदै सो प्रणालीमा जाने निर्णय गरेको हो ।
वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपुर्वक तावनामा पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली भित्र विधिको जवाफदेशीपुर्ण असल शासन मार्फत समन्यायिक समावेशी समाज निमार्ण गर्न दस्तावेजमा उल्लेख गरिएको छ ।
रास्वपाले पारित गरेको प्रस्तावनामा शान्तिपूर्ण मार्गबाट समाजवादका प्रधान लक्ष्यहरु प्राप्त गर्ने निर्देशक सिद्धान्त तय गरेको छ

लोककल्याणकारी राज्यको सुनिश्चितताका लागि सार्वजनिक, निजी र सामुदायिक स्रोत– साधनको दिगो परिचालन गर्दै उद्यममैत्री, लगानी – अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई सदा अक्षुण्ण राख्नु नै राष्ट्रिय स्वतन्त्र पार्टीको अभीष्ट रहने प्रस्तावनामा उल्लेख गरिएको छ ।
प्रस्तावना पत्र हेर्नुस
