७ भदौ,काठमाडौँ । लिपुलेकलाई व्यापारिक नाका बनाएर अतिक्रमण गर्ने भारतीय र चिनियाँ हस्तक्षेपकारी कदमविरुद्ध आयोजित मसाल जुलुसमा सहभागी चन्द्रागिरिका माओवादी नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आयोजना गरेको उक्त विरोध कार्यक्रममा सहभागी चन्द्रागिरि नगर कमिटीका सह-इन्चार्ज देवकृष्ण महर्जन, अध्यक्ष गोपी सुर्खेती, नेता सानुकान्छा परियार, नगर संयोजक अग्नि पुन मगर, पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य रोहन पुडासैनी, उपत्यका विशेष प्रदेश कार्यवाहक अध्यक्ष जनक ढुंगाना, विद्यार्थी नेता सम्राट थापा लगायतलाई पक्राउ गरिएको माओवादी केन्द्रले जनाएको छ।
प्रहरीले गुर्जुधाराबाट नियन्त्रणमा लिएका उनीहरूलाई स्वास्थ्य परीक्षणका लागि सतुङलस्थित मेड पोइन्ट अस्पताल लगिएको जानकारी आएको छ। पक्राउ परेका नेता कार्यक्रताहरूलाई बलम्वु प्रहरी कार्यालयले नियन्त्रणमा लिएकाे छ ।