• ट्रेण्डिङ :

वाइसिएलको केन्द्रिय सदस्य छनोट : कतै हस्तिनापुरको राज, कतै चपरी मूनिको बास !

वाइसिएलको केन्द्रिय सदस्य छनोट : कतै हस्तिनापुरको राज, कतै चपरी मूनिको बास !

cnewsnepal

बुधबार, भाद्र १६ २०७८
पढ्न लाग्ने समय: < ३ मिनेट


१६ भदौ,काठमाडौं । नेकपा (माओवादी केन्द्र)निकट सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)को शनिबारदेखि सुरु भएको राष्ट्रिय भेला सम्पन्न भएको छ । मंगलबारसम्म आइपुग्दा पनि नयाँ नेतृत्व र नीति तय गर्न असफल भएपछि पदाधिकारी घोषणा नगरी २३१ केन्द्रीय समिति मात्रै बनाएर राष्ट्रिय भेला सकिएको छ।

वाइसिएल अध्यक्षमा निवर्तमान उपाध्यक्ष सुमन देवकोटा र निवर्तमान महासचिव सुवोध श्रीपालीले आफ्नो दाबी छोड्न मानेनन्। यसैगरी महासचिवमा कसम गुरुङ, गणेशबहादुर शाही, मिङमा दण्डु शर्पा र नवराज ढुंगाना ४ जनाले दाबी छोड्न नमानेपछि समस्या भएको हो।

वाइसिएलको नेतृत्व विवाद मिलाउन सोमबार माओवादीको स्थायी समिति बैठकसमेत बसेको थियो। बैठकले नेतृत्व विवाद मिलाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिम्मा दिएको थियो। विवाद मिलाउन उमेर कम भएका र कार्यकर्तामा पकड भएका निवर्तमान महासचिव सुवोध श्रीपालीलाई अध्यक्ष बनाएर जानुपर्ने स्थायी समिति सदस्यहरुले सुझाव समेत दिएका थिए। स्थायी समितिका अधिकांशको साथ् श्रीपालीलाई हुँदा समेत प्रचण्ड पुत्री गंगा दाहाल लगायतको साथ् देवकोटालाई भएपछि प्रचण्ड समस्यामा परेका हुन् ।

नेतृत्व विवाद मिलाउने जिम्मा लिएलगत्तै प्रचण्डले मंगलबार बिहान नेतृत्वका दाबेदार देवकोटा र श्रीपालीलाई खुमलटार बोलाएर छलफल समेत गरे। त्यस भेटमा दुवै जनाले कुनै हालतमा नेतृत्व नछोड्ने अडान लिएपछि पदाधिकारी पछि घोषणा गर्नेगरी केन्द्रीय समिति मात्रै घोषणा गरिएको हो। वाइसिएलमा २३१ सदस्यीय केन्द्रीय समितिसहित ३५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ।

अखिल क्रान्तिकारीमा अनिल शर्मालाई पराजित गर्दै रञ्जित तामाङ अध्यक्षमा निर्वाचित भएका बाहेक माओवादी भातृ संगठनमा कुनैमा निर्वाचन प्रक्रियाबाट नेतृत्व आएको छैन। अखिलको जस्तै प्रक्रियाबाट वाइसिएल अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव र केन्द्रीय समिति निर्वाचनबाट आउनुपर्ने वाइसिएलकै नेताहरुले दबाब बढाएका थिए।

संगठनमा आफू अनुकूल नेतृत्व आउने सम्भावाना नदेखिएपछि निर्वाचनमा जान नदिएको हुन सक्ने एक केन्द्रिय सदस्यले बताए। केन्द्रिय समिति चयन हुदा चरम नातावाद/क्षत्रीयतावाद भन्दा माथी उठ्न नसकेको भेलामा उपस्थित अधिकांश प्रतिनिधिहरुको थियो ।

बाग्मती प्रदेशबाट २५ जना केन्द्रिय समितिमा सहभागीता थियो भने ८ जना करिब ३५% कुल केन्द्रिय सदस्यको झन्डै ४% सिन्धुपाल्चोक जिल्लाबाट परे भने दोलखा, रामेछाप र रसुवा जस्ता जिल्लाहरुबाट प्रतिनिधित्व जोगाउनै मुस्किल देखिएको थियो । दोलखाबाट त पुराना एक जना बाहेक कोहि पर्ने सकेनन । अन्य जिल्लाबाट पनि हलबाट अनुमोदन नभएको नामले भटाभट बधाई थापिरहेको ति केन्द्रिय सदस्यले बताए । केन्द्रिय सदस्य छनोटमा कतै हस्तिनापुरको राज कतै चपरी मुनिको बास जस्तै देखिएको उनले बताए ।

अध्यक्षका पहिलो दाबेदार सुबोध सेर्पालीको देशैभरीको माहोल बनेको देखिएपछि सुमन देबकोटा पक्षका नेताहरु लागेर सहमतिको बहाना गर्दै चुनावमा नलगेको थुप्रै प्रतिनिधिहरुले गुनासो गर्दै लोकप्रिय नेता चयन गर्न नपाएको गुनासो ब्यक्त गरे ।

तत्कालीन रुकुमको महत गाविस वडा नम्बर ५ मा २०४२ साल कार्तिक २७ गते बुवा तेजबहादुर कामी र आमा दीपज्योति कामीको कोखबाट जन्मिएका सेर्पाली १३ वर्षको कलिलो उमेरमा माओवादी जनयुद्धमा होमिएका हुन् ।

२०५५ सालमा पूर्णकालीन रुपमा माओवादी जनयुद्धमा होमिएका सेर्पाली विभिन्न कमिटीमा काम गरेपछि जनमुक्ति सेना हुँदै राजनीतिक यात्रा गरेर वाईसीएल नेतृत्वदायी पदमा आइपुगेका हुन् । वाईसीएलको ग्राउन्डदेखि युवा राजनीतिमा होमिएका उनले तत्कालीन रुकुम जिल्लाको नेतृत्व सम्हाल्नेदेखि मगरात राज्य हुँदै आरसी शर्मा ‘विज्ञान’को अध्यक्षतामा कोषाध्यक्ष बनेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार