• ट्रेण्डिङ :

वाटरल्यान्ड पार्कमा विद्यार्थीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

वाटरल्यान्ड पार्कमा विद्यार्थीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

cnewsnepal

शनिबार, जेष्ठ ३ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ स्थित रम्दैयामा रहेको वाटरल्यान्ड पार्कमा झडप भएको छ ।

वाटरल्यान्ड पार्कमा विद्यार्थीहरूबीच नुहाउने विषयमा विवाद हुँदा झडप भएको हो । त्यसक्रममा तोडफोड समेत भएको छ । पार्कमा विद्यार्थीहरूले ढुङ्गामुढा समेत गरेका छन् ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गरेको छ ।

स्थानीयका अनुसार पार्कले कक्षा १२ का परीक्षार्थीहरूलाई छुट सुविधा दिने अवसर राखेको थियो । एकैपटक धेरै विद्यार्थी नुहाउन जाँदा विवाद बढेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार