• ट्रेण्डिङ :

वाणिज्य बैंकलाई ३ स्वर्ण

वाणिज्य बैंकलाई ३ स्वर्ण

cnewsnepal

शनिबार, जेष्ठ २४ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं, २४ जेठ । राष्ट्रिय वाणिज्य बैंकले १४ औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत टेबलटेनिसमा शनिबार ३ स्वर्ण जितेको छ । टेबलटेनिसमा ४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । थप १ स्वर्ण नेपाल नागरिक उड्डयन प्राधिकरणले हात पा¥यो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्समा वाणिज्यका सुजन सुवाल पहिलो  भए । नेपाल विद्युत प्राधिकरणका स्वेत बस्नेत दोश्रो र नेपाल वायुसेवा निगमका अंकुर अर्याल तेश्रो भए । सोही स्पर्धाको महिलामा नागरिक उड्डयनकी ज्ञानधना श्रेष्ठले स्वर्ण, नागरिक उड्डयनकी सुष्मा थापा मगरले रजत र वायुसेवा निगमकी रञ्जना पोखरेलले कांस्य जिते ।

कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको पुरुष डबल्समा वाणिज्यका साजन सुवाल÷रमेश सुवालको जोडी प्रथम, वाणिज्यका विवेक श्रेष्ठ÷श्रवणकुमार खत्रीको जोडी द्वितीय र नागरिक उड्डयनका रुपचन्द्र केसी÷सन्तोष अवालेको जोडी तृतीय भए । एक्सिक्युटिभ पुरुष सिंगल्समा वाणिज्यका रमेश सुवाल पहिलो, नागरिक उड्डयनका मनोहरराज भण्डारी दोश्रो र विद्युतका सुशान्त बाँस्तोला तेश्रो भए । प्रतियोगिताअन्तर्गत सोमबारदेखि फुटसल सुरु हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार