१९ कात्तिक,काठमाडौं । युवा व्यावसायिक, सामाजिक अभियन्ता तथा सञ्चारकर्मी शिव प्रसाद अधिकारीले आगामी निर्वाचनमा मकवानपुर–२ बाट आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उनले यसबारे जानकारी आफ्नो आधिकारिक फेसबुक पेजमार्फत दिएका हुन्।
अधिकारीले लामो समयदेखि पत्रकारिता र सामाजिक अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनको राजनीतिक प्रवेशले मकवानपुर–२ को चुनावलाई अझ रोचक र प्रतिस्पर्धात्मक बनाउने विश्लेषकहरूको आकलन छ।
बौद्धिक वर्गका अनुसार, युवाहरूको राजनीति प्रवेशले पुराना दल र नेताहरूमा ठूलो दबाब सिर्जना गर्न सक्ने सम्भावना देखिएको छ। अधिकारीले निकट भविष्यमा स्पष्ट एजेन्डा र नीति–कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको बताएका छन्।
उनको उम्मेदवारीले मकवानपुर–२ मा नयाँ राजनीतिक समीकरण र बहसलाई ताजगी दिने अपेक्षा गरिएको छ।