सन् २०३२ को ओलम्पिक खेल अस्ट्रेलियाको ब्रिसबेनमा हुने भएको छ ।
अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) का अनुसार अस्ट्रेलियामा तेस्रो पटक ओलम्पिक हुने पक्का भएको हो ।
१९५६ मा मेलवर्न र २००० मा सिड्नीमा ओलम्पिक खेलको आयोजना भएको थियो।
टोकियोमा बुधबार सन् २०३२ को ओलम्पिक आयोजक छान्न भएको भोटिङ भएको थियो । जापानको टोकियोमा भएको भोटिङमा ब्रिसबेनको पक्षमा बढी मत आएका पछि उक्त स्थना छनोट भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन्। यो ओलम्पिकका लागि ५ बिलियन अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको छ।
त्यसअघि सन् २०२४ मा फ्रान्सको पेरिस र सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा ओलम्पिक आयोजना हुनेछ।
कोरोना भाइरसले प्रभावित सन् २०२० को टोकियो ओलम्पिक एक वर्ष ढिलो गरी पर्सी बिहीबारदेखि सुरु हुँदैछ ।