• ट्रेण्डिङ :

सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रचण्डको अनुरोध

सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रचण्डको अनुरोध

cnewsnepal

शुक्रबार, असोज ११ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


pushpa kamal dahal prachanda

पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पानीको बहावले प्राकृतिक विपत्तिको अवस्था सिर्जना हुनसक्ने भन्दै सतर्कता अपनाउन अपिल गरेका छन्।

लगातार भइरहेको भारी वर्षाका कारण खोला र नदीका किनारमा पानीको सतह बढिरहेको हुँदा सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका हुन्।

पानीको बहावले प्राकृतिक विपत्तिको अवस्था सिर्जना हुनसक्ने भएकोले नदी किनारा, तटीय क्षेत्र र सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछु, उनले भनेका छन्।

प्रचण्डले भने, ‘राज्यका सबै निकाय, सबै राजनीतिक दल, सामाजिक संघसंगठन, सञ्चार क्षेत्रलगायत सबैमा जनताको दुस्खमा हातेमालो गर्न हार्दिक अपिल गर्दै हाम्रो पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई कठिन समयमा जनसेवामा जुट्न निर्देशित गर्दछु। साथै हवाई तथा स्थल यातायातमा सतर्कता अपनाउन पनि आम जनसमुदायमा हार्दिक अपिल गर्दछु।’

प्रतिक्रिया
सम्बन्धित समाचार