• ट्रेण्डिङ :

सरिता गिरी पार्टी र संसदबाट निस्कासीत

सरिता गिरी पार्टी र संसदबाट निस्कासीत

cnewsnepal

मंगलबार, असार २३ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


२३ असार, काठमाडौं । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निस्कासन गरेको छ । यससँगै गिरी सांसद पदबाट पदमुक्त भएकी छन् ।

पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसैअनुसार गिरीलाई निस्कासन गर्ने निर्णय भएको हो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।

पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिएपनि उनले अटेर गरेकी थिइन् उनी पदमुक्त भएसगै उनको ठाउँमा लिला सिटौला संसद बन्ने भएकि छन् ।

उनको नाम पार्टीले निर्वाचन आयोगमा बुझाएको बन्दसुचिमा सरीता गिरी को पछाडी भएको ले स्वत अबसर पाउने भएकि हुन् उनी समाजबादी पार्टीकि केन्द्रिय सदस्य हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार