• ट्रेण्डिङ :

सहमतिका लागि आग्रह गर्दिनँ, चुनाव जितेर आउनुपर्छ : अध्यक्ष ओली

सहमतिका लागि आग्रह गर्दिनँ, चुनाव जितेर आउनुपर्छ : अध्यक्ष ओली

cnewsnepal

मंगलबार, मंसिर ७ २०७८
पढ्न लाग्ने समय: < ३ मिनेट


७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औं महाधिवेशनबाट नेतृत्व चयनमा सहमतिका लागि आग्रह नगर्ने स्पष्ट पारेका छन् ।

महाधिवेशनका सन्दर्भमा मंगलबार काठमाडौंमा सम्पादकहरुसंगको छलफलका क्रममा अध्यक्ष ओलीले आफूले सहमतिका लागि आग्रह गर्दा दबाव दिएको सन्देश जान सक्ने भएकाले नेतृत्व चयनको जुनसुकै प्रक्रियालाई पनि स्वीकार गर्ने स्पष्ट पारेका हुन् ।

उनले अघि भने, ‘सहमतिका लागि दबाब दिन्नँ, लोकतन्त्र हो भनेर उकास्नुपर्छ भन्ने नीति पनि लिन्नँ ।’

पृष्ठभूमि जे भए पनि अहिले एमालेमा एउटै पक्ष मात्र रहेको समेत ओलीले बताए । ‘त्यसकारण यो पक्ष, त्यो पक्षको व्यवस्थापन भन्ने छैन । चुनाव लडेर भोट ल्याउनुपर्छ, त्यही हो व्यवस्थापन’ उनले भने ।साथीहरु विना करकाप सहमतिमा जानुहुन्छ भने सबै ठाउँमा सहमति गरे हुन्छ । तर लोकतान्त्रिक अभ्यासमा मनोवैज्ञानिक पनि दबाव पुग्ने काम गर्दिन । मैले आग्रह मात्र गर्दा पनि दबाव पर्न सक्छ, त्यसकारण म आग्रह पनि नगरी बस्छु भनेको छु ।

कार्यकर्ता वा प्रतिनिधिको इच्छा बेगर आफुले कुनै सुझाव वा कदम नचाल्ने उनको भनाई छ । आफुले अहिलेसम्म अध्यक्ष पदमा उम्मेदवारी दिने वा नदिनेबारे अहिले निर्णय गरिनसकेको भन्दै उनले आफु अध्यक्षमा उठ्ने भए पनि अरुलाई अध्यक्षमा नउठ्नु नभन्ने बताए। अध्यक्षमा उम्मेद्वारी दिएर आफुलाई भीम रावलले चूनौती दिएको नभई आफूप्रति देखाएको स्नेहपूर्ण सम्मान भएको उनले बताए।

त्यस्तै उहाले माधवकुमार नेपालसहितको नेताहरु बाहिरहँदा विवाद अन्त्य भएको दावी गरे । आफुहरु प्रतिपक्षमा पुगेर पार्टीलाई शुद्धिकरण र सुढृदीकरणको अवसर मिलेको उनको भनाई छ । अध्यक्ष ओलीले झापामा माओवादी केन्द्रको महाधिवेशन गरेर देखाउन पुष्पकमल दाहाललाई चुनौती पनि दिनुभयो । ओलीले महाधिवेशनको उद्घाटनका बेला चितवनमा देशभरबाट नेपालमा रहेका सवारी साधानले बोक्न सक्ने जति मानिसलाई उतार्ने बताए ।

फरक प्रसंगमा अध्यक्ष ओलीले सर्वोच्च अदालतमा देखिएको समास्या समाधान गर्न सवै न्यायधिशले राजीनामा गर्नुपर्ने बताए । अहिले सर्वोच्च अदालतमा भइरहेका घटना दुःखद् रहेको भन्दै उहाले त्यसको अन्त्य प्रधानन्यायाधीश जबराले राजीनामा गरेर नहुने जिकिर गरे । उनले आफुलाई संसदले नभई अदालतले हटाएको भन्दै आक्रोश समेत व्यक्त गरेका थिए।

पत्रकार सम्मेलनमा एमाले सचिव योगेश भट्टराईले महाधिवशेनको सम्पूर्ण तयारी पुरा भएको भन्दै उद्घाटन समारोहमा पाँच लाख भन्दा बढीको जनप्रदर्शन हुने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार